प्रेम गुरुङको ‘शैलुर्बे ङोल्स्यो’ अर्थात ‘शैलुङ्को सोल्टिनी’ बोलको गीत बुद्ध जयन्तीको दिन सार्बजनिक हुने

नेपाली गीत संगीत क्षेत्रमा बिबिध प्रकारका गीत संगीतहरु सार्वजनिक भइरहेका हुन्छन। यसै क्रममा प्रेम गुरुङको ‘शैलुर्बे ङोल्स्यो’ अर्थात शैलुङ्को सोल्टिनी बोल गरेको गुरुङ भाषाको गीत १२ जेष्ठ २०७८ बुद्ध जयन्तीको दिन सार्बजनिक गरिने भएको छ। सोहि दिन समाजसेबी तथा नायक प्रेम गुरूङको जन्म दिन परेको छ। जन्मदिनको अवसरमा कार्यक्रम सहित भब्य बिमोचना कार्यक्रम गर्ने पूर्व घोषित कार्यक्रम भए पनि नेपालमा Covid-19 को दोस्रो लहरको महामारीले भयवह अवस्था सृजना भईरह्कोले वहाँले आफ्नो बिशेष जन्मदिन कार्यक्रमलाई स्थगित गर्नु भएको छ भने बिमोचन कार्यक्रमलाई परिमार्जित गर्दै ओनलाइन Global Nepal Entertainment YouTube Channel बाट सार्बजनिक गर्दै १२ जेष्ठ ७८ बुद्धजयन्तीका दिन बिमोचन गरिने भएको छ।

No description available.

जन्मदिनको कार्यक्रम स्थगित भए पनि जन्मदिनलाई छुट्याइएको खर्च काठमाण्डू मा स्थित CWEAF Nepal नामक बाल आश्रमलाई दान ( Donation ) गरीएको समाजसेबी तथा नायक प्रेम गुरुङले जानकारी दिएका छन् । मनोज गुरुङको आवाजमा रहेको गीतको भिडियो गुरुङ गीतकै इतिहासमा अमेरिकाको बिभिन्न शहरहरुमा र नेपालको सुन्दर गाउँ शैलुङ्ग लम्जुङ्ममा छायांकन गरिएको छ। यस गीतमा तेजेन्द्र गुरुङको संगीत र एरेन्ज तथा शव्द अमेरिका निवासी स्वयं प्रेम गुरुङको रहेको छ। भिडियोमा चक्र पुलामी मगर र मणि कुमार राईको कोरियोग्राफी रहेको छ ।

ग्लोबल नेपाल इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोमा प्रेम गुरुङ र उर्मिला गुरुङ फिचर्ड छन्। नेपालबाट अमेरिकामा गर्नु पर्ने दृश्यहरु ओनलाइन भरचुल्ली निर्देशन गरेका निर्देशक भुपेन्द्र गुरुङको गुरुङ भाषाको भिडियोको निर्देशन पहिलो रहेको छ। भिडियोलाइ शम्भु मोक्तानले अमेरिकामा र रबिन थापा मगरले नेपालमा छायाँकन गरेका छन्। बन्दे प्रसादले सम्पादन गरेका छन् भने भिएफएक्स र कलर समिर मियाले गरेका छन् । भिडियोको प्रडक्शन संयोजक आश्रम गुरुङले लम्जुङ्ग गाउँमा नन्दलाल गुरुङ ज्युले र अमेरिकामा मानित गुरुंगले समालेका छन्। सृन्गारमा शर्मिला गुरुङ ड्रोनमा प्रमोद श्रेष्ठ सह निर्देशनमा उमेश थापा मगरको रहेको भिडियोमा पोस्ट प्रडक्शन मोसन स्टुडियोमा गरिएको हो। ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिने भिडियोका निर्माता गोविन्द गुरुङ रहेको छ। केहि समय पछि गायिका ममता गुरुङको आवाजमा फिमेल भर्सनमा पनि यो गित सार्बजनिक गरिने नायक गुरुङले जानकारी दिनु भएको छ।

सम्बन्धित र्शिषक