नेपाली दुताबास अमेरिकाको घुम्तिसेवा कार्यक्रम लस एन्जलसमा सम्पन्न

लस एन्जलस अमेरिका, क्यालिफोर्नियाको रमणीय पर्यटकिय शहर लस एन्जलस स्थित श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर नरवार्कमा जुन ०४ तारेख शनिबार बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म र जुन ०५ तारेख आईतबार बिहान ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म राखिएको घुम्तिसेवा कार्यक्रम झण्डै ५:०० बजेसम्म नै जारी रहेको थियो। गैह्र आवासीय नेपाली कार्ड, नयॉं राहदानी बनाउने र पुरानो राहदानी नबिकरण गर्ने काम, अधिकृत वारेसनामा बनाउने, नेपाल भ्रमणको लागी चाहिने भिषा जारी लगाएतको कन्सुलर सेवा सम्बन्धी सेवाहरु प्रदान गरिएको थियो। 

अमेरिकाको लागी नेपाली महामहिम राजदुत डा. श्री युवराज खतिवडाज्यू संगै नेपाली दुताबास डि.सी. को बिभिन्न ओहदामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुको एक टोली तिन दिनदेखी लस एन्जलसमा आई निरन्तर सेवारत कार्यमा ब्यस्त हुनुहुन्थ्यो। ११० जनाभन्दा बढी मानिसहरुले सेवा लिनु भएको जानाकारी दुताबास श्रोतले हामीलाई दिएको छ। घुम्तिसेवा कार्यक्रमलाई सफल बनाउन श्री पशुपतिनाथ फाउण्डेसन युएसए परिवारले उल्लेखनीय भुमिका निर्वाह गरेको थियो। फाउण्डेसनको तर्फबाट स्वयंम् सेवक देखि, चिया नास्ता र खानाको ब्यबस्थापनाको निम्ति छुट्टाछुटै सहयोगी टोली बनाई कार्यक्रमलाई ब्यबस्थित, मर्यादित र प्रभाबकारी मुलक बनाईएको जानाकारी श्री पशुपतिनाथ फाउण्डेसन युएसएका अध्यक्ष मुकुन्द कुमार ढुंगानाले दिनुभयो। उक्त घुम्तिसेवा कार्यक्रमको संयोजन लस एन्जलस क्षेत्रका सफल युवा ब्यबसायी एवं अवैतनिक महाबाणिज्यदुत श्री ऋषि (पुन्नाखर) ढकालले गर्नु भएको थियो।
अमेरिकाको लागी नेपाली महामहिम राजदुत डा. श्री युवराज खतिवडा, श्रीमती कमला खतिवडा लगाएत नेपाली दुताबास  वासिंटन डि.सी. बाट आउनु भएको टोलीलाई बिहीबारै श्री पशुपतिनाथ फाउण्डेसन युएसएले स्वागत तथा सम्मान कार्यक्रम गरेको थियो। सो स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम डा. खतिवडाले “हामी नेपालीहरुले अरु कसैको धर्म र संस्कृतिको अतिक्रमण नगरी आफ्नो धर्म र संस्कृतिको संरक्षण र सम्बद्धन गर्दै जानुपर्नेमा जोड दिनु भएको थियो।” मन्तब्यकै क्रममा डा. खतिवडाले “म नेपाल सरकारकाबाट नियुक्त राजदुत हो भने तपाईहरु सबै नेपाल र नेपालीको संरक्षण र सम्बद्धन गर्ने सो राजदुत भएको उल्लेख गर्नुभयो।” उक्त अवसरमा उनले कोरोना कहरबाट बिछिप्त बनेको मातृभूमीको सेवामा लाग्न सबै नेपाली समुदायका सदस्यहरुलाई आव्ह्रान सहित हार्दिक अनुरोध गर्नु भएको थियो। 
कोभिड-१९ को बिचमा भएको यस कार्यक्रममा १५० बढी लस एन्जलस नेपाली समुदायका ब्यक्तित्वहरु र सान् फ्रान्सिस्को देखि नेपाली समुदायका समाजसेवी ब्यक्तित्वहरु उपस्थित हुनुहुन्थ्यो। सोही कार्यक्रममा श्री पशुपतिनाथ फाउण्डेसन युएसएको तर्फबाट महामहिम डा. खतिवडाज्यूले भर्खरै सम्मन्न गैह्र आवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा बिभिन्न तह र तप्कामा बिजयी तथा उप बिजेता अभियन्ताहरुलाई खादा लगाई सम्मान गर्नु भएको जानाकारी हामीलाई प्राप्त भएको छ। स्वागत सम्मान कार्यक्रममा अवैतनिक महाबाणिज्यदुत श्री ऋषि (पुन्नाखर) ढकाल, अवैतनिक महाबाणिज्यदुत श्री एसी शेर्पा, श्री पशुपतिनाथ फाउण्डेसन बोर्ड अफ ट्रष्टीका अध्यक्ष बरिष्ठ समाजसेवी बेदभक्त जोशी, फाउण्डेसनका अध्यक्ष मुकुन्द ढुंगाना लगाएत लस एन्जलस वरपर बस्ने नेपाली समुदायका बिभिन्न ब्यक्तित्वहरु सरिक हुनुहुन्थ्यो। 
अवैतनिक महाबाणिज्यदुत श्री ऋषि (पुन्नाखर) ढकालज्यूले दिनुभएको जानाकारी अनुसार घुम्तिसेवा कार्यक्रम संचालनको अलवा अमेरिकाको लागी  नेपाली महामहिम राजदुत डा. श्री युवराज खतिवडाज्यूले नेपाली सामान तथा ब्यापार प्रद्धधन निम्ति लस एन्जलस सिटीका मेहेर एरिक गार्सीटीसंग एक औपचारिक भेटवार्ता गर्नुभएको थियो। साथसाथै सान्ता मोनिका सिटी, हलिउड सिटी साथसाथै हलिउड सेनिमा उत्पादक कम्पनी र निर्देशकहरुसंग पनि एक छलफल र भेटघाट कार्यक्रम गरिएको जानाकारी महाबाणिज्यदुत ढकालले दिनुभयो। लस एन्जलस बसाईको क्रममा डा. खतिवडाले लगानी प्रद्धधनको लागी सिटी अफ पासाडेनाको टोलीसंग पनि भेटघाट तथा छलफल गर्नु भएको थियो। 
यी सबै भेटघाट कार्यक्रमहरुमा अवैतनिक महाबाणिज्यदुत श्री ऋषि (पुन्नाखर) ढकालज्यू, अवैतनिक महाबाणिज्यदुत श्री एसी शेर्पाज्यू र दुताबासका कर्मचारीको सहभागिता रहेको थियो। बेला बेलामा हुने राजदुत तहको यस्ता भेटघाट कार्यक्रमहरुले सिंगो नेपाली समुदायको पहिचानलाई थप बलियो र प्रभाबकारी बनाउनेमा कोशे ढुंगा सावित हुने जानाकारी फाउण्डेसनका अध्यक्ष मुकुन्द ढुंगानाले गराउनु भयो। लस एन्जलस नेपाली समुदाय अमेरिकामा रहेको अन्य नेपाली समुदायको लागी एक उदाहरणीय नेपाली समुदाय हो।

सम्बन्धित र्शिषक

Leave a Reply

Your email address will not be published. Required fields are marked *