सभापति देउवाको ध्यान कॉंग्रेसको १४ औं महाधिवेशन तिर

टेक्सस नेपाल न्यूज संवाददाता, काठमाण्डौ

नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कॉंग्रेस यतिखेर आफ्नो १४ औं महाधिवेशनको संघारमा उभिएको छ। भदौ १९, २०७८ को सम्मको समयसिमा उसको अन्तिम संबैधानिक समयसिमा हो। नेपालको सन्दर्भमा लोकतन्त्रको जननी मानिने नेपाली कॉंग्रेस पार्टीको निम्ति प्रस्तावित यो १४ औं महाधिवेशनको तालिका फलामको जंजिर सरह नै बनेको छ। कठिनतालाई तोड्दै महाधिवेशन सम्पन्न गर्नुपर्ने चुनौति खेपिरहेको कॉंग्रेस सामु बॉंकी अन्य दुईवटा समस्याहरु पनि संगैसंगै खडा छन्। 


पहिलो, कोभिड-१९ ले आक्रान्त बनाएको नेपाली समाज र दोश्रो मानु खाई मुरी उब्जाउनु पर्ने बर्षात (खेतिपाती) को समय। यस समस्याहरुको बिचमा हुन लागेको नेपाली कॉंग्रेसको सबै तहहरुको अधिवेशनहरु र त्यसपछि हुने महाधिवेशनबाट मात्र उसले संबैधानिक बैधता कायम राख्न सक्नेछ। अन्यथा अरुकुनै बाहनाबाजी भएनन् भने लोकतन्त्र र लोकतान्त्रिक चरित्रको दुहाई दिने नेपाली कॉंग्रेस पार्टीको बैधानिक साख समाप्त नै हुने जिकिर जानाकारहरु गर्दैछन्। पटक पटक सारिएको अधिवेशनहरुको तालिका अब आईन्दा सार्न नै नसकिने गरी टमसम पारी प्रस्तावित गरिएको छ।


नेपाली कॉंग्रेसका संस्थापक नेता एवं जननायक बिश्वेश्वर प्रसाद कोईरालाज्यूको महाप्रस्थान भएकै पुण्य दिनको अवसर पारेर उसले आफ्नो १४ औं महाधिवनको प्रकृया प्रारम्भ गर्दै देशभर एकसाथ वडाहरुको अधिवेशन गर्नेगरी अगाडी बढ्दैछ। अधिवेशनको मिति सार्दै र सारिदै आएतापनि कृयाशिल सदस्यता सम्बन्धी बिबादको भने अन्त्य भैसकेको छैन। यो नेपाली कॉंग्रेस भित्रको पुरानो रोग नै रहेको कुरा बिश्लेषकहरु बताउँदछन्। महाधिवेशनको समयसिमा नजिकिदै गर्दा जिल्ला र केन्द्रीय नेताहरु भने आ आफ्नो स्थानहरु सुरक्षित गर्नमा नै तल्लिन देखिन्छन्। सभापति शेर बहादुर देउवाले पुन: सभापतिमा दोहोर्याउने बिषयमा कुनै शंका छैन। अहिले सम्म उनले कॉंग्रेस भित्र आफ्नो प्रतिस्पर्धी नै देखेका छैनन्। त्यसैले होला उनको सारा ध्यान जसरी पनि तोकिएकै समयसिमामा महाधिवेशन सम्पन्न गरी छाड्ने दृढ बिश्वासका साथ आफ्नो सकृयता बढाएका छन्।


बिद्यार्थी राजनीतिको समयदेखी नै केन्द्रीय स्तरको राजनीतिमा एकछत्र उदाएका देउवा बी.पि. कोईराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोईराला र महेन्द्र नारायण निधी जस्ता सयौ आदर्श पुरुषहरुको राजनीतिक जीवनीबाट प्रशिक्षित छन्। नेपाली कॉंग्रेसको पहिलो पुस्ताको जीबित नेताहरु शेर बहादुर देउवालाई बी.पि. कोईरालाले नै कॉंग्रेस भित्र उज्ज्वल भविष्य बोकेको दोश्रो पुस्ताको अब्वल नेता हुन् भनि बि.सं. २०३६ सालको जनमत संग्रहताका सार्बजनिक मन्तब्यमा नै भन्ने गर्नु हुन्थ्यो भनि बिश्लेषणहरु गर्ने गर्दछन्। दुरदर्शिताको अचुक बाण महामानवको त्यो लख बि.सं. २०५२ सालमै शेर बहादुर देउवा प्रधानमन्त्री बनेपछि प्रमाणित भयो। 

पञ्चायत कालका कायर शासकहरु देउवाको अदम्य क्षमताबाट त्रसित हुदै जिब्रोमा करेन्ट लगाई उनको बोली नै नष्ट गर्दापनि अबिचलि आफ्नो आवाजहरु देश, जनता र लोकतन्त्रको पक्षमा निरन्तर गुन्जाई राखे। कठिन जेलयात्रा, कठोर सजॉंयहरुलाई देउवाले निर्भिग्नता पुर्वक संधै सामना गरे र राजनीतिक जीवनमा कहिल्यै बिचलन आउँन दिएनन्। उनी आफ्नो सिद्धान्त र बिचार प्रति पुर्णत बफादार रही अबिराम लोकतान्त्रिक आन्दोलनमा आफुलाई समर्पित गरिराखे। देउवाको यही सिद्धान्त माथिको निष्ठा, लोकतन्त्र प्रतिको समर्पण, त्याग र लगनशिलताले होला जननायक बी.पि. कोईरालाज्यूले उनको राजनीतिक भविष्यको दियो प्रारम्भमा नै तेजवान चहकिलो देखेका रहेछन्। सत्ता र शक्तिको राजनीतिमा परिस्थिति जन्य बिगतका केही घटनाक्रमहरुले उनको राजनीतिक छबिमा दागहरु लगाउने प्रपञ्चहरु नभएको भने होईनन्। हाम्रो जस्तो अल्प बिकसित समाजको प्रमुख रोग नै हो। यसलाई चिर्ने आँट उनमा हिजै हुनु पर्दथ्यो तथापी पार्टीको शीर्ष नेतृत्वमा उनी नभएकाले त्यसलाई पार लगाउने सामर्थ राख्न सकेनन्, त्यो उनको कमजोरी थियो। श्री शेर बहादुर देउवा नेपाली कॉंग्रेसको १३ औं महाधिवेशनबाट पार्टी सभापति पदमा निर्वाचित भएदेखी उनको सम्पुर्ण ताकत, शक्ति र ध्यान आफ्नो हिजो बिग्रिएको छबिलाई क्रमिक सुधार्दै नेपाली कॉंग्रेसको खस्किएको साखलाई पुन: फर्काउनेमा निकै चिन्तित र तल्लीन देखिन्छन्। बितेको बर्षहरुमा देउवालाई आएको प्रधानमन्त्री पदको अनेकौं आश्वासनको ईन्कार यसको दर्बिलो उदाहरणको नजिर हो। उनका सदाबहार बिरोधीहरु समेत देउवाको पत्थरी अडानले उनीप्रति थप आकर्षित भएकाछन्। देउवालाई नजिकबाट चिन्न कोशिश गर्नेहरु एकपछि अर्को उनीसंगै रमाउन थालेकाछन्। 

बि.सं. २०४८ सालपछि कुनैपनि बाहनामा गिरिजा प्रसाद कोईराला र पछि सम्मपनि सुशील कोईरालाको समिपमा रहेर काम गरेका नेताहरु बिस्तारै देउवामा निहित असल गुणहरु र ब्यबहारबाट प्रभाबित हुदै उनीसितै संगै काम गर्नमा लालयित हुदैछन्। १३ औं महाधिवेशन ताकासम्म उनका कट्टर बिरोधीहरु धनुषाका आनन्द प्रसाद ढुंगाना, गोरखाका चिनकाजी श्रेष्ठ, बाराका फरमुल्ला मंसुर, अर्घखॉंचीका मान बहादुर बिश्वकर्मा, झापाका बिश्व प्रकाश शर्मा, पर्वतका अर्जुन प्रसाद जोशी, तनहुँका गोबिन्द भट्टराई, सिराहाका परशु नारायण चौधरी, महोत्तरीका श्याम घिमिरे, मोरंगका अंमृत अर्याल जस्ता कयौं नेताहरु एकएक शेर बहादुर देउवाको समुहमा टॉंसिन आई पुगेकाछन्। यो आउँने क्रमको अन्त्य होईन, शुरुवात हो। यसको बारेमा कॉंग्रेस बृतमा राम्रै बहस र चर्चा हुने गरेको छ। बाहिरी सतहमा जे भनेतापनि भित्री रुपमा शेर बहादुर देउवासंग मिली महाधिवेशनमा राम्रै पद हात लगाउने दाउमा युवापुस्ताका होनाहार नेताहरु नै नजिकिदैछन्। बर्षात संगैको यो अबको दुई महिना देउवा बिरोधी समुहमा ठुलै पहिरो जानेछ र सभापतिमा पुन: देउवाको शानदार बिजयी हुनेछन् भन्नेमा सबैजसो नेताहरु ढुक्क जस्तो नै देखिन्छन्। तर, उनीहरुमा आफ्नो चिन्ता भने जस्ताको तस्तै छंदैछ।

नेपाली कॉंग्रेसका नेताहरुसंग हुने पार्टीगत, समुहगत र ब्यक्तिगत भेटघाटमा उनीहरुबाट ब्यक्त बिचारहरुले देउवालाई अझबढी उत्साहित बनाएको बुझिएको छ। महाधिवेशनको तयारीलाई प्रभाबकारी तबरबाट गति दिएसंगै उनी आफ्नो समुहबाट पदाधिकारीमा महाधिवेशन लड्ने नेताहरु छनौटमा लाग्ने सोंचमा रहेको पाईन्छ। उनको पहिलो रोजाई जस्तोसुकै परिस्थिती आई लागेपनि त्यसलाई सहज बनाउदै पार्टीलाई महाधिवेशनबाट थप उर्जा प्रदान गरी आउँने निर्वाचनमा नेपाली कॉंग्रेसलाई बहुमत दिलाउने गृहकार्यमा उनको ध्यान केन्द्रीत भईसकेको श्रोत बताउँछ। 

शेर बहादुर देउवा संगै नेपाली कॉंग्रेस पार्टीमा लामो समयदेखी काम गर्दै आएका कॉंग्रेसका पुराना नेताहरु देउवामा छाएको यो गहिरो आत्मा बिश्वासले कुनैपनि हालतमा नेपाली कॉंग्रेसको १४ औं महाधिवेशन गराई छाड्ने मानसिकतामा उनी पुगिसकेकाले अब महाधिवेशनको रथ नरोकिनेमा निसन्देह शंका नराख्न अनुरोध गर्दैछन्। कोरोना माहामारी र महाब्याधीको बिचपनि शहर बजारको सडक गल्लिहरु र गाउँ बस्तिहरुमा जताततै नेपाली कॉंग्रेसको महाधिवेशनको बिषयले पाएको प्रवेश र चर्चाहरुले छिट्टै मुर्तरुप लिनेमा स्वयंम् कॉंग्रेसजनहरु प्रफुल्ल र खुशी देखिन्छन्। बिशेष शुत्रको अनुसार देउवा यो पटक धेरै नेताहरुलाई आफ्नो पक्षमा ल्याउनेमा समय खर्चिनुको सट्टा आफै आउँन तम्सिएकाहरुको आन्तरिक ब्यबस्थापनलाई मिलाउन कस्सिएर लागी परेको बताउँदछन्। यो समाचार तयार पार्दासम्म देउवा पार्टीका पदाधिकारीहरु, आफु निकट केन्द्रीय नेताहरु र जिल्ला स्तरिय नेताहरु सित बिभिन्न माध्यमहरुबाट बारम्बार भेटघाट र छलफलमा ब्यस्त रही रहनु भएको बुझिएको छ।

सम्बन्धित र्शिषक

Leave a Reply

Your email address will not be published. Required fields are marked *