एनआरएनएमा उदाउँदै गौरीराज जोशी

टेक्सस नेपालन्यूज, अमेरिका। सन् २०२१ जुन १७ तारेख। 

गत मे महिनाको अन्तिम साता एनआरएनए अमेरिकाको निर्वाचन सकिएसंगै अब सबैको ध्यान एनआरएनए आईसीसीको निर्वाचन तर्फ बिस्तारै केन्द्रीत हुदैछ। रसियाको एउटा कोठा भित्रबाट शुरुआत गरिएको भनेको आप्राबासी नेपालीहरुको साझा संस्था गैह्र आवासीय नेपाली संघ यतिखेर बयस्क लक्काजवान युवा भईसकेको छ, भने अमेरिकामा भर्खर बल्ल तातेताते गर्दै बामे सर्दैछ। सन् २०१४ को यही जुन महिनाबाट यहॉं बसोबास गर्ने सबै नेपालीहरुको पहुँचमा आईपुग्दै गरेको एनआरएनए अमेरिका अहिले आफ्नो संरचना बिस्तारलाई तिब्र गतिदिदै अमेरिकाको बिभिन्न राज्यहरुमा स्थानीय च्याप्टरहरुको निर्माण गर्दै बिस हजार भन्दाबढी हाराहारीको सदस्यता संख्या सहित उपस्थित भई सकेको छ।

एनआरएनए अमेरिकाको लागी यो संख्या पर्याप्त र सन्तोष लिने संख्या नै त होईन, तरपनि खुशी हुने संख्या भने पक्कै हो। नेपाली समुदायमा परिचित अमेरिकी सुपर लयर खगेन्द्र जि.सी. को नेतृत्वसंगै ब्यापकता पाएको एनआरएनए अमेरिका बिच बिचमा फुल्ने र सुन्निने हुदै यहॉंसम्म आएको हो। सन् २०१७ मा बर्तमान एनआरएनए आईसीसी सचिव गौरीराज जोशी सकृयता पुर्वक अमेरिकामा अघी बढ्दा एनआरएनए अमेरिकाको साधारण सदस्यता संख्या सन् २०१५ को तुलनामा दोब्बर बढी भएको थियो। उनले आफु एनआरएनए अमेरिकाको नेतृत्व लिने मनसायसंगै बिभिन्न राज्यहरु र शहरहरुमा सदस्यता बितरणको कार्यक्रमलाई एउटा अभियानकै रुपमा अगाडी बढाएका थिए। पछि निर्वाचन समितिले अमेरिकाको एनसीसी अध्यक्षको उम्मेदवारको लागी तोकिएको मापदण्ड नपुगेको भन्दै निर्वाचन लड्नबाट जबरजस्त बन्चित पारेको गुनासोहरुको पोको नै छ। समय सन्दर्भको क्रममा कस्सिएको पोकोको डोरीहरु भविष्यमा बिस्तारै खुस्कदै जाने नै छ। 

आफुलाई आई लाग्ने कठिन परिस्थितिको पनि सहजै सामना गर्नसक्ने अब्बल क्षमता र स्वभावका धनी गौरीराज जोशी अबिचलित रही सामाजिक अभियानको आफ्नो कर्ममा निरन्तर दत्तचित्त रहिरहे। त्यसैले होला, उनको अनुहारमा झल्किएको सुनौलौ भविष्यले सबैको मनलाई जित्दै उनी सन् २०१७ को ओक्टुबर महिनामा काठमाण्डौको ह्यात होटलमा सम्पन्न गैह्र आवासीय नेपालीहरुको बिश्व सम्मेलनबाट अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजक पदमा निर्वाचित भई एनआरएनए अभियानको मुल प्रवाहमा प्रवेश गरे। बोलीमा भन्दा ब्यबहार र असल कर्ममा बढी बिश्वास राख्ने जोशी अमेरिकामा बसोबास गर्ने नेपालीहरुमा सुपरिचित एक सफल ब्यबसायी पनि हुन्। समुदायको हरेक सदस्यहरुको समस्यालाई आफ्नै समस्या नै संझी त्यसको समाधान गर्न तल्लीन रहने उनमा सिंचित अर्को परिपक्क गुण हो। एनआरएनए अभियानको अलवा उनको आफ्नै आमा नामको फाउण्डेसन पनि छ। परिवारलाई नै सामाजिक काममा अभिप्रेरित गर्ने पवित्र उद्देश्यले खोलिएको आमा फाउण्डेसन मार्फत जोशी र जोशी परिवारले सामाजिक सेवाको कार्यलाई असली ब्यबहारमा नै उतारेको चर्चाहरु हुने गर्दछ। 

देश तथा विदेशमा बस्ने नेपालीहरु वा अमेरिकामा नै दैनिक आईपर्ने नेपाली समुदायका सदस्यहरुको बिभिन्न किशिमको ब्यथाहरुको हल गर्नु उनको पहिलो प्रार्थमिकता नै हो। थोरै बोल्ने मृदुभाषी जोशी एनआरएनए बृत्तमा उदाउँदै गरेको एउटा चहकिलो तारा हो। मानिस सर्वगुण सम्पन्न कोही कहिल्यै हुदैन। उसको आफ्नो पारिवारिक बाध्यता र परिस्थितिहरु हुन्छन्। यी सब चिजलाई एकातिर पन्छाई सामाजिक भावनाबाट ओतप्रोत हुदै मातृभूमि नेपाल र संसारभर छरिएर बसोबास गरिरहेका नेपालीहरुको सेवामा अहोरात्र खटिन खोज्ने हजारौ हजार गौरीराज जोशी जस्ता सपुतहरुको पर्खाईमा छ हाम्रो सिंगो नेपाली समाज। सबैसंग मिल्न सक्ने, सामूहिक निर्णयमा बिश्वास राख्ने र ब्यक्तिगत बृद्धि बिकासमा भन्दा समुहगत यात्रामा रमाउने उनको अर्को शैली छ। 

सन् २०१९ को ओक्टुबर महिनामा काठमाण्डौको ह्यात होटलमा सम्पन्न गैह्र आवासीय नेपालीहरुको बिश्व सम्मेलनबाट एनआरएनए आईसीसीको सचिव पदमा बिजयी भएका गौरीराज जोशी, बिधी बिधान र समितिले सुम्पिएको आफ्नो कर्तव्य निर्वाहमा अचुक भई काम गर्दै आएकाछन्। एनआरएनएलाई प्रभावकारी र पारदर्शिता बनाउनु पर्ने नेपाली समुदायका सदस्यहरुको बढ्दो जन गुनासो र दबावलाई आत्मासाथ गर्दै उनको नेतृत्वमा स्मार्ट एनआरएनएको अबधारणा अघि सारिएको छ। संसारभरको एनआरएनए सदस्यहरुलाई एउटै  मापदण्डमा समावेश गर्ने सक्ने एमआईएस सिष्टमको बिकासको थालनी समेत जोशीकै अग्रसरतामा भएको छ। त्यस्तैगरी नेपालको बिभिन्न शहरको सार्वजनिक स्थहरुमा स्मार्ट शौचालय निर्माणको काममा जोशीले पुर्याएको योगदान प्रसंशनीय छ। 

आफ्नो सामाजिक अभियानको क्षेत्रलाई अहिले नै पुर्ण बिराम लगाउँने पक्षमा यतिखेर सम्म जोशी छैनन्। अनौपचारिक भेटघाट र छलफलहरुमा उनी गैह्र आवासीय नेपालीहरुको आगामी बिश्व सम्मेलनबाट महासचिव पदमा आफु बिजयी हुनेमा ढुक्क जस्तै देखिन्छन्। यो सामाजिक अभियानको क्षेत्र हो, सामाजिक अभियानमा समाजिक कार्यकर्ताहरुले पदको निम्ति लडाई नै गर्नु पर्दैन। संसारभर छरिएर बसोबास गर्नुहुने आम गैह्र आवासीय नेपाली संघमा आबद्ध आदरणीय सदस्यहरुज्यूहरुलाई को कति एनआरएनएको सामाजिक काममा समर्पित हुने मानिस हो ? कसलाई सही पदको जिम्मेवारी सही समयमा दिंदा उसको ब्यक्तिगत क्षमताले देश समाजलाई के कस्तो योगदान दिन सक्छन् भन्ने बारेमा उहॉंहरु सबै जानाकार र ज्ञाता हुनुहुन्छ। जोशी भन्छन्, त्यसैले म काम गर्दै अगाडी बढ्ने हो। साथीहरुले त सामाजिक सेवाको कामको भविष्यमा उच्च सम्मान गरिहाल्नु हुन्छ नि। 

हाम्रो सम्पर्क श्रोतले हामीलाई दिएको जानाकारी अनुसार जोशी एनआरएनए अमेरिकाको निर्वाचन पश्चात अमेरिकामा र बिश्वका अन्य देशहरुमा बसोबास गर्नुहुने गैह्र आवासीय नेपाली संघको सबैजसो अभियन्ताज्यूहरुसंग आफ्नो भोलीको रणनीतिको सम्बन्धमा समुहगत र ब्यक्तिगत घनिघुत छलफलहरुमा व्यस्त रहन थाल्नु भएको खबर छ। जे होस्। जोशी आफ्नो उम्मेदवारी संगैसंगै अमेरिकाबाट प्रतिनिधित्व गर्न सक्ने आफु निकट ब्यक्तिहरु सित कुराकानीहरु गर्दैछन्। अघिल्लो पटक एनआरएनए बिश्व सम्मेलनबाट अमेरिकाले हात पारेको जितलाई निरन्तरता दिदै अगाडी जान सकोस् भन्ने शुभेच्छा नेपाली अमेरिकन समुदायको छंदै छ।

सम्बन्धित र्शिषक