पर्बतकी भुसाल जनसम्पर्क समिति ईजरायलको अध्यक्षमा निर्वाचित

टेक्सस नेपाल न्यूज ईजरायल सम्बाददाता

नेपाली कॉंग्रेसको बिदेश स्थित ईकाई नेपाली जनसम्पर्क समिति ईजरायलको तेश्रो अधिवेशन नेपाली कॉंग्रेसका सह महामन्त्री एवं पुर्वमन्त्री डा. श्री प्रकासशरण महतको प्रमुख आतिथ्यता, नेपाली कॉंग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति समन्वय बिभाग प्रमुख श्री गोबिन्द भट्टराईको बिशिष्ट आतिथ्यता र पार्टी केन्द्रीय प्रतिनिधी श्री नरेन्द्र भाटको बिशेष आथित्यता संगै अन्य अतिथिहरु तथा सहभागीहरुको उपस्थितीमा डिजिटल (भर्चुअल) माध्यमको सहयोगमा आज सम्पन्न भएको छ। क्रान्तिपुरुष जननायक श्री बिश्वेश्वर प्रसाद कोईरालाले आफु भारतमा निर्वासित जीवन बिताउनु हुँदा त्यहॉं बसोबास गर्ने नेपालीहरुलाई संगठित गर्दै उनीहरुलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा समाहित गर्ने पवित्र उद्देश्यले सन् १९७६ को जुन १३ मा भारतको मुम्बईबाट आफ्नै उपस्थितीमा पहिलो नेपाली जनसम्पर्क समितिको स्थापना गर्नु भएको थियो।

समयको क्रमसंगै रोजगारी, नयॉं अवसर, उच्च शिक्षा हॉंसिल र बसाई सराईको कारण नेपालीहरु संसारको बिभिन्न देशहरुमा बसोबास गर्न थाले। जहॉंजहॉं नेपालीहरुको बाक्लो उपस्थिति हुन लाग्यो ति ति देशहरुमा नेपाली कॉंग्रेसले आफ्नो बिदेशी ईकाई नेपाली जनसम्पर्क समितिको गठन गर्दै आयो। पछिल्लो समय यस गतिले अरुथप तिब्रता पाउँदै आएको छ। यसै क्रममा रोजगारीको निम्ति ईजरायल आएर यहॉं बिभिन्न पेशा ब्यबसाय गर्दै बसोबास गर्ने नेपाली कॉंग्रेस निकट र नेपालमा रहंदा यो पार्टीमा लामो समयसम्म काम गरेका लोकतन्त्रप्रेमी कार्यकर्ताहरुलाई समेटेर यस संस्थाले नेपाली कॉंग्रेसको साधरण र कृयासिल सदस्यता बितरण गरी सोहीको आधारमा अधिवेशनहरु सम्पन्न गर्दै आईरहेको छ।

No description available.

नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्बत जिल्लाको साबिकको पाङराङ गा.बि.स. स्थायी घरभई बिगत डेड दशकदेखि ईजरायललाई आफ्नो कर्मथलो बनाई बसी रहेकी एक शसक्त महिला नेतृ दिपीका (देबी) भुसालको अध्यक्षतामा पच्चिस सदस्यीय कार्य समिति निर्वाचित भएको छ। पितालाई आफ्नो राजनीतिक जीवनको आदर्श मान्ने भुसालको बुवा ईण्डिया आर्मीको पेन्सनधारी लाहुरे हुन्। लाहुरे जीवनबाट निवृत्ति भई श्री रामचन्द्र भुसाल आफ्नै जन्मथलोको बिकास र सेवाको निम्ति नेपाली कॉंग्रेस पार्टीमा समर्पित रही सकृय भए। स्वर्गीय बुवाको प्रेरणाबाट राजनीतिमा होमिएकी दिपीका सानै उमेरदेखी नेपाली समाजमा हुने असमानता र महिला हिंसा बिरुद्धको लडाईमा समाहित रही सामाजिक न्यायको तथा उत्पिडनमा परेको आमा महिला दिदीबहिनीहरु आवाजहरु बोक्दै उनीहरुको हित र समानताको पक्षमा आफुलाई कट्टर रुपमा उभ्याउँदै सोको वकालत समेत गर्दै आईरहेकी एक निर्भिग्न स्थापित महिला नेतृ हुन्।

No description available.

बि.सं. २०४६ सालको राजनीतिक परिवर्तन पछि बि.सं २०४९ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा सोही पाङराङको गाबिसको गाबिस अध्यक्षमा उनको पिता रामचन्द्र भुसाल निर्वाचित हुनुभएको थियो। प्रजातान्त्रिक मुलुक भारतमा कामगर्दा उनलाई आफ्नो पेन्सने जिवनपछि आफ्नै गाउँघर र टोल छिमेकको हितमा समर्पित हुने सोंचको साथ राजनीतिमा प्रवेश गर्नुभएको थियो। हाम्रो जस्तो बिकासन्मुख देश र समाजमा हुने अनेकौ घटनाहरुमा न्यायको लागी अबिछिन्न लडिरहने स्वभाबकी धनी भुसालको नेतृत्वमा जनसम्पर्क समिति ईजरायलले नयॉं फड्को मार्ने चर्चा जनसम्पर्क समितिमा आबद्ध सदस्यहरुले गर्न थालेकाछन्। सरल र मिजास स्वभाव, बिचार र सिद्धान्त माथीको निरन्तरको लगावले नै भुसाललाई यो जिम्मेवारीमा पुर्याएको हो।

No description available.

भद्र शालिन र सबैलाई मायॉं अनि सद्भावपुर्ण ब्यबहार गर्नसक्ने क्षमता र स्वच्छ जिबनशैलीकी भुसाल नेपाली जनसम्पर्क समिति ईजरायलकी स्थापक बरिष्ठ उपाध्यक्ष र हाल प्रर्थम उपाध्यक्षको रुपमा कार्यरत छिन्। उनको नेतृत्वमा गठित समितिमा निर्वाचित हुनुभएको सबै पदाधिकारी र सदस्यहरु लामो समयसम्म लोकतान्त्रिक आन्दोलनमा सकृय भूमिका निर्वाह गरेको अब्बल ब्यक्तिहरु हुनुहुन्छ। नेतृ भुसालसंग सबैलाई मिलाएर अगाडी बढ्नसक्ने असिम क्षमता छ। जसले नेपाली जनसम्पर्क समिति ईजरायलको संगठन बिस्तारलाई माथिल्लो अबस्थामा पुर्याउन सक्नेछ भन्ने तर्कहरु चलेको छ।

No description available.

टेक्सस नेपाल न्यूजसंगको छोटो कुराकानीमा नवनिर्बाचित अध्यक्ष भुसालले ईजरायलमा काम गर्दाको आफ्नो अनुभव सुनाउँदै सबै साथीहरु कर्मठ, संगठन प्रति प्रतिबद्ध र सिद्धान्त माथी पुर्ण बफादार हुनसक्ने एक से एक क्षमतावान् भएको जानाकारी दिनुभयो। यस्तो टिम बन्यो की ? यो बनेको टिमले हामीले काम गर्दै जॉंदा ईजरायलमा जनसम्पर्क समितिलाई यहॉंको प्रत्येक नेपालीहरुको दु:ख सुखको सारथी बन्नेगरी काम गर्दै हरेकको अनुहारमा खुशी ल्याउन सक्नेछु, भन्ने बिश्वास लिएकी छु। दिपीका भुसालको अध्यक्षतामा निम्नानुसारको समिति र महासमिति तथा महाधिवेशन प्रतिनिधी समेत चयन गरिएको छ।

अध्यक्ष – देबी (दिपीका) भुसाल
उपाध्यक्ष – अनु थापा
उपाध्यक्ष – नितु कार्की
उपाध्यक्ष – कटक श्रेष्ठ
महामन्त्री – मात्रिका तिमिल्सिना
महामन्त्री – मायॉं खनाल
सह महामन्त्री – लाल दुरा
सह महामन्त्री – सुमित्रा दवाडी
सह महामन्त्री – सबिषा सिल्वाल मनोनीत
सह महामन्त्री – राजकुमारी श्रेष्ठ
कोषाध्यक्ष – बिनिता बराम
प्रदेश प्रमुखहरु:-
प्रभा घिमिरे – बागमती प्रदेश
चन्द्र कला कुमाल – गण्डकी प्रदेश
भक्ति सापकोटा – लुम्बिनी प्रदेश
सदस्यहरु:-
राधिका कँडेल
सोनाम हेलम्बु
बुद्धिमायॉं तामाङ्ग
ललिता बिष्ट
निर्मला राय
नारद बोगटी
पुजन प्रकाश उपाध्याय
दिपक भुसाल
किसन कुमार थारु
अरुणा खड्का

नवनिर्वाचित महासमिति सदस्यहरु,
देबी (दीपीका) भुसाल
खगेश्वर अधिकारी
सुबास खरेल

त्यसैगरी नेपाली कॉंग्रेसको १४ औं महाधिवेशनमा भागलिने महाधिवेशन प्रतिनिधीहरु,
देबी (दीपीका) भुसाल
खगेश्वर अधिकारी
सुबास खरेल
अनु थापा
राजेन्द्र खनाल
राज छत्कुली
सुर्य बहादुर राना

No description available.

आप्राबासी नेपालीहरुको माझ लोकप्रिय नेपाली जनसम्पर्क समिति ईजरायलाई एक गतिशिल र समन्वयकारी संस्थाको रुपमा बिकसित गर्दै यहॉं बस्दा सिकेको शिप र आर्जेको ज्ञान तथा पुँजीलाई नेपाल र नेपालीहरुको सेवामा सिंचित गर्नेगरी बिभिन्न किशिमको योजनाहरु भविष्य ल्याउने समेत तयारी गरेको निर्वाचित एक सदस्यले बतॉंए। अध्यक्षमा निर्वाचित भएपछि हर्षित हुदै भुसालले भनिन्, यो राजनीतिक संस्थाको अलवा आफैमा उच्च कोटीको सामाजिक अभियान पनि हो। ईमानदारीता पुर्वक धैर्यता राख्नुस् सबैले सेवा गर्ने अवसरहरु पाउँनु हुनेछ।

सम्बन्धित र्शिषक