आज ३९औंँ बीपी स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । आज नेपाली काँग्रेसका संस्थापक एवं देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइरालाको ३९औंँ स्मृति दिवस । देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

कांग्रेसले सबै जिल्लाको स्थानीय परिस्थितिअनुसार विपी स्मृति दिवस मनाउन परिपत्र गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाली काँंग्रेसले १४ औँ महाधिवेशन तयारी गरिरहँदा परेको विपी स्मृति मनाउन परित्रप गरिएको हो ।

विं.स. १९७१ भदौ २४ गते जन्मनु भएका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो । राजनीतिमा बीपी’ र नेपाली साहित्यमा विश्वेश्वर’को नामबाट परिचित कोइराला जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका एक नायक हुनुहुन्थ्यो ।

राणा शासनको अन्त्यसँगै ३६ वर्षको उमेरमा गृहमन्त्री बन्नु भएको कोइराला २०१५ सालको आमनिर्वाचनमा नेपाली कांँग्रेसले दुई तिहाइ स्थान प्राप्त गरेपछि पहिलो निर्वाचित प्रधानमन्त्री हुनु भएको थियो ।

तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकारलाई अपदस्त गरी प्रधानमन्त्री बीपीलगायतका नेतालाई सेनाको बलमा आठ वर्ष बन्दी बनाइएको थियो । त्यसपछि उहाँ आठ वर्ष प्रवास र फेरि स्वदेश फर्केर पञ्चायतविरुद्ध लड्दा कठोर काराबास जीवन बिताउनु भएको थियो ।

सम्बन्धित र्शिषक

Leave a Reply

Your email address will not be published. Required fields are marked *