पछिल्लो २४ घण्टामा दुई हजार ८३८ जनामा कोरोना संक्रमण,३० जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ६१६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७१५ जना पिअिसार परीक्षण गर्दा एक हजार ९१८ र तीन हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा ९२० जनामा संक्रमण पुष्टि भएको हो। 

हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख २४ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख ३६ हजार ४०२ जना संक्रमित निको भइसकेका छन्। 

आज देशभर एक हजार ४७५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ६३६जना संक्रमितको मृत्यु भइसकेको छ।

देशभर २६ हजार ८३२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २४ हजार ३४० जना संक्रमित होम आइसोलेसन र २ हजार ४९२ संस्थागत आइसोलेसनमा रहेका छन। संस्थागत आइसोलसनमध्ये ६२७ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ३०१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सम्बन्धित र्शिषक

Leave a Reply

Your email address will not be published. Required fields are marked *