कोरोनाले प्रभावित उद्योग–व्यवसायका लागि राहत प्याकेज ल्याउँने प्रधानमन्त्री देउवाको घोषणा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायको लागि राहत ‘प्याकेज’को घोषणा गर्नु भएको छ । नेपाल उद्योग परिसङ्घको १८ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले निजी क्षेत्रका सबै उद्यमी–व्यवसायी र सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा महामारी प्रभावित उद्योगधन्दालाई उकास्ने प्याकेज ल्याउने बताउनु भएको हो ।

सबै नागरिकका लागि कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु आफ्नो पहिलो प्रथमिकता भएको स्पष्ट गर्दै प्रधानमन्त्रीले आर्थिक विकास र लगानी प्रवर्द्धनलाई पनि उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी दिनु भयो ।

सम्बन्धित र्शिषक

Leave a Reply

Your email address will not be published. Required fields are marked *