रोकिएन नेप्सेको गिरावट, ५ अर्बको कारोबार

काठमाडौं । मंगलबार शेयर बजार ७० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक २ प्रतिशतले घटेर २ हजार ६ सय १५ दशमलव ३४ बिन्दुमा पुगेको हो । बजारमा आज १८६ वटा कम्पनीको ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको १ करोड ३० लाख मित्ता हेयर कारोबार भएको छ ।

१८६ वटा कम्पनीको कारोबार भएको बजारका १० वटा कम्पनीको मुल्य बढेको छ, १७३ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने ३ वटा कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

बैंक विकास बैंक हाइड्रोपावर फाइनान्स, बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, ट्रेडिङ, होटल एण्ड टुरिजम लाइफ इन्स्योरेन्स, म्युचुअल फण्ड, इन्भेष्टमेन्ट लगायत सबै कम्पनीको मुल्य घटेको हो । सबैभन्दा धेरै फाइनान्स कम्पनीको मुल्य ७ प्रतिशतले घटेको हो ।

मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत्त कम्पनी, मेगा बैंक, एन आई सी एशिया ग्रोथ फण्ड, विजय लघुवित्त वित्तीय संस्था, ओरेण्टल होटल आदि रहेका छन् । आज मुल्य घट्ने कम्पनीहरुमा गुलविल फाइनान्स, हिमालय पावर कम्पनी, श्री इन्भेष्टमेन्ट कम्पनी, जोशी हाइड्रोपावर आदि रहेका छन् ।