अक्षय कुमार अभिनित ‘पृथ्वीराज’को टिजर सार्वजनिक

काठमाडौँ, २९ कार्तिक । नायक अक्षय कुमार अभिनित फिल्म  ‘पृथ्वीराज’को टिजर सार्वजनिक भएको छ । एक ऐतिहासिक प्रेमकथामा आधारित यो चलचित्र सम्राट पृथ्वीराज चौहानको जीवनीमा आधारित छ ।

यो चलचित्रलाई सन् २०२२ को जनवरी २१ तारिखबाट रिलिज गर्ने निर्माण कम्पनी यशराज ब्यानरको तयारी छ । फिल्ममा अक्षय कुमारको साथमा पूर्व विश्वसुन्दरी मानुषी छिल्लर, सञ्जय दत्त र सोनु सुद मुख्य भूमिकामा छन् ।