परराष्ट्र मन्त्रालयद्धारा एनआरएनएलाई जारी पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं – उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचन र १०औ महाधिवेशन सम्बन्धी परराष्ट्र मन्त्रालयका पत्रहरु कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

एआरएनएले परराष्ट्र मन्त्रालयविरुद्ध उच्च अदालत पाटनमा परराष्ट्रले अन्यायपूर्ण पत्र जारी गरेको भन्दै बिहीबार मुद्दा दायर गरेको थियो । उच्च अदालत पाटनमा उत्प्रेषण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध संघले मुद्दा दायर गरेको हो ।

सरकारविरुद्धको निवेदनमा १०औं महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने मन्त्रालयको निर्णय गैर कानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको थियो । परराष्ट्र मन्त्रलायप्रति गैरआवासीय नेपालीहरुको विश्वास नरहेकै कारणले अदालतको ढोका ढकढकाउन बाध्य भएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् ।

उच्च अदालतको आदेशले एनआरएनएको आगामी निर्वाचन तथा महाधिबेशनका लागि बाटो खुलेको एनआरएनएका महासचिव डा.हेमराज शर्माले जानकारी दिए । एनआरएनएको निर्वाचन अव पूर्व घोषित मिति डिसेम्बर १५ मै हुने शर्माले जानकारी दिए ।

सम्बन्धित र्शिषक