२६४ जनामा कोरोना संक्रमण, २६० जना डिस्चार्ज

काठमाडौँ, १३ पौष । थप २ सय ६४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २७ हजार ७ सय ६३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय १० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ६० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ११ हजार २ सय ६५ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८८ जना पुगेको छ ।