बन्दीपुरबासी नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन आत्तुर छन: धुव्रलाल प्रधान

बन्दीपुर। बन्दीपुर गाउँपालिकाको अध्यक्षका उम्मेदवार धुव्रलाल प्रधान बन्दीपुरबासी नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन आत्तुर रहेको बताउनु भएको छ । बन्दीपुरमा सबै क्षेत्रमा समानुपातीक ढंगले विकासको लहर ल्याउन आवश्यक रहेको भन्दै प्रधानले विगतमा पीडित, पक्षपात र भेदभावपूर्ण काम भएकाले यो पटक नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउनुको विकल्प छैन भनेर मतदाता कांग्रेस उम्मेदरलाई जिताउन आत्तुर रहेको बताउनु भएको हो ।
बन्दीपुर गाउँपालिकालाई सुखी, समृद्ध र भष्ट्राचारमुक्त बनाउने प्रतिबद्धतासहित चुनावी मैदानमा होमिनु भएको प्रधानले भन्नु भयो, ‘आम मतदाता कहिले ३० गते आउँला र धुव्रलाल प्रधान तथा कांग्रेसका उम्मेदवारलाई मत हालौला भनेर आत्तुर हुनुहुन्छ ।’
नेपाली कांग्रेसले अहिलेसम्म बन्दीपुरमा स्थानीय तहको चुनाव नजितेको अवस्थामा यो पटक बन्दीपुरबासीमा नेपाली कांग्रेस र कांग्रेसका उम्मेदवारलाई जिताउनुपर्छ भन्ने भावना भएकाले आम सर्वसाधारणले आफुलाई रोजेको बताउनु भयो ।
अन्य पार्टी र उम्मेदवार भन्दा मैले केहि गर्न सक्छ, पुरानो पार्टी हो, कांग्रेसमा सबैभन्दा अनुभवी ब्यक्ती हो, सबैलाई मान्य हुने साझा ब्यक्ती हो तथा विभिन्न संघसंस्थामा काम गरेको ब्यक्ती पनि भएको भनेर मलाई रोजेका हुन्, उनले थप्दै भन्नु भयो ।
कांग्रेसले विनाभेदभाव हरेक जनताको घरैलोमा विकास पुर्याउँने, हरेक जनताको समस्या बुझ्ने, समस्यामा साथ दिने, जनताको इच्छा, चाहाना र भावनाअनुसार विकास कार्यलाई अगाडि बढाउँने बताउने बताउनु भयो ।