बन्दीपुरमा धुव्रलाल प्रधानको जीत सुनीश्चित, ६० प्रतिशत बढी मतदाता प्रधानको पक्षमा

बन्दीपुर: बन्दीपुर गाउँपालिकामा धुव्रलाल प्रधानको जीत सुनीश्चित देखिएको छ । स्थानीय तहको निर्वाचन आउँन केहि दिन मात्र बाँकि रहँदा प्रधानको पक्षमा माहौल देखिएको हो । पछिल्लो सर्वेक्षणले प्रधानको पक्षमा ६० प्रतिशत भन्दा बढी मतदाता रहेको देखिएको छ ।

आज रातिदेखि मौन अवधि शुरु हुन लाग्दै गर्दा निर्वाचनमा प्रधानको जीत निश्चित देखिएको हो । बन्दीपुरमा लोकप्रिय प्रधानले सानदार मतसहित जित्ने निश्चित देखिएको स्थानीयले बताएका छन् ।

बन्दीपुरका सबै क्षेत्रमा समानुपातीक ढंगले विकासको लहर ल्याउन, विगतमा भएका पक्षपात र भेदभावपूर्ण कामको अन्त्य गर्न, बन्दीपुरलाई सुखी, समृद्ध र भष्ट्राचारमुक्त बनाउने प्रतिबद्धतासहित चुनावी मैदानमा होमिनु भएको प्रधानले अहिलेसम्मको माहौलले सबैभन्दा अग्रस्थानमा आफू रहेको बताउनु भयो ।

समाजसेवा नै राजनीतिको मूल मर्म ठान्नु हुने प्रधानको इतिहास हेर्ने हो भने पूरै समाजसेवा र मानवीय कार्यमा बितेका छन् । समाजमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनु भएको प्रधान सामाजीक संघसंस्थादेखि शैक्षिक क्षेत्रमा पनि उत्रीकै क्रियाशील रहँदै आउनु भएको छ ।

नेपाली कांग्रेस तनहुँका पूर्व जिल्ला उपसभापति रहनु भएको प्रधान नेपाल रेडक्रस सोसाइटी तनहुँका पूर्व सभापति हुनुहुन्छ । साथै शैक्षिक क्षेत्रमा योगदान गर्दै आउनु भएको प्रधान बन्दिपुर क्याम्पसका पूर्व संचालक समितिको अध्यक्ष समेत हुनुहुन्छ । त्यस्तै, लायन्स क्लब तनहुँका संस्थापक अध्यक्ष रहनु भएको प्रधान हाल नेपाली कांग्रेस तनहुँ जिल्ला कार्य समितिका विशेष सल्लाहकार हुनुुहुन्छ ।

प्रधानलाई किन जिताउने ?

बन्दीपुर गाउँपालिका अध्यक्षका उम्मेदवार धुव्रलाल प्रधानको डुम्रे बजारलाई ब्यापारिक बजारको रुपमा विस्तार तथा विकसित गरि तनहुँ, लमजुङ र गोरखाको ब्यापारिक केन्द्रविन्दु बनाउने प्रतिबद्धता छ । प्रधानले बन्दीपुरलाई देशकै सुन्तला खेतीको मेरुदण्डको रुपमा विकसित गर्ने पनि योजना अगाडि सार्नु भएको छ ।

सिद्ध गुफालाई विश्वकै आर्कषित, मनमोहक तथा पर्यटकीय हिसावले पच्चुर सम्भवाना बोकेको स्थलको रुपमा सम्भार तथा विकसित गराई स्वदेशी पर्यटकहरु भ्रमण गराउन पहल गर्ने योजना प्रधानको छ ।

‘हाम्रो बन्दीपुर राम्रो बन्दीपुर’को नारा लिएर बन्दीपुरलाई देशको उत्कृष्ठ पर्यटकीय स्थानको रुपमा परिवर्तन गर्ने, पर्यटकीय क्षेत्रलाई स्थानीय जनताको जीवनसँग जोड्ने कार्यक्रमहरु संचालन गर्ने, पर्यटकीय क्षेत्रको रुपमा विकासको लागि बन्दीपुर भ्रमण वर्ष कार्यक्रम २ वर्षभित्र संचालन गर्ने, सांस्कृतिक महत्व तथा पर्यटकीय सम्भावना बोकेका स्थानहरुको संरक्षण, पूर्वाधार निर्माण तथा अन्य सम्भावीत पर्यटकीय गन्तब्यको निर्माण गर्ने, स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न होमस्टे संचालन गर्ने तथा मौलिक सस्कृति, खानपिन रहनसहन तथा सूचनाहरु सम्प्रेषण गर्ने एजेन्डा पनि उहाँको छ ।

प्रधानले घोषणापत्रमा बन्दीपुर गाउँपालिकामा रहेका विद्यालय तथा क्याम्पसहरुको स्तरोन्नति गरि आधुनिक पूर्वाधारहरुको निर्माण गर्ने, गुणस्तरीय शिक्षा तथा शैक्षीक वातावरणमा सुधार गरि आधुनिक उच्चस्तरीय प्रविधिसहितको शिक्षामा जोड दिने, प्रत्येक विद्यालयमा हप्ताको एक दिन अनीवार्य रुपमा आधुनिक कला, खेलकुद, संगीत तथा नेतृत्वको विकासका लागि प्रशिक्षण कार्यक्रम गर्ने, असाक्षरलाई विशेष कक्षा संचालन गरि साक्षर बनाउने प्रतीबद्धता ब्यक्त गर्नु भएको छ ।

त्यस्तै, वृद्धवृद्धाहरुको स्वास्थ्य उपचार निशुल्क गर्ने ब्यवस्था गर्ने, प्रत्येक वडामा नियमीत स्वास्थ्य जाँचका लागि स्वास्थ्य शिवीरहरु गर्ने, सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, प्रत्येक वडामा सुविधा सम्पन्न एम्बुलेन्स सेवा संचालन गर्ने योजना पनि अगाडि सार्नु भएको छ ।

त्यस्तैगरि, बन्दीपुरलाई सुन्दर र मनमोहक बनाउन पहल गर्ने, सांस्कृतिक महत्वका सम्पदा तथा पर्यटकीय क्षेत्रहरुको निर्माण तथा पुर्ननिर्माण गर्ने, पर्यटकीय स्थान तथा प्रत्येक वडाहरुमा आवश्यकताअनुसार सार्वजनीक शौचालय निर्माण गर्ने योजना पनि उहाँले अगाडि सार्नु भएको छ ।

अध्यक्षका उम्मेदवार प्रधानले सडक र यातायात ब्यवस्थापनका लागि सडकले नछोएको वडा तथा टोलहरुमा तत्कालै बाटो ट्याक खोल्ने तथा कालोपत्रो गर्न बाँकि सडकमा योजनाबद्ध रुपमा तत्कालै कालोपत्र गर्ने, सुन्दर र सफा बाटो निर्माण गरि फुटपात्र निर्माण तथा सडकको मुख्य मुख्य बस स्टेशनमा सिसिटिभी जडान गर्ने र प्रत्येक वडाहरुलाई पालिका कार्यालयसम्म जोड्न सहुलीयत बस सेवा संचालन गर्ने पनि प्रतीबद्धता जनाउनु भएको छ ।