लामिछाने समूह सर्वोत्कृष्ट छ, विजयी गराउन सहयोग गरौ: प्रतीक पाण्डे (अन्तर्वार्ता )

प्रतीक पाण्डे, उपसभापति, नेपाली जनसम्पर्क समिति अमेरिका

यहाँले एनआरएनए अमेरिकाकको आसन्न निर्वाचनमा कृष्ण लामिछाने समूहलाई समर्थन गर्नु भएको भन्ने कुराहरु आइरहेको छ, लामिछाने टिमलाई नै तपाईको समर्थन किन ?

समग्रमा भन्नुपर्दा सबैभन्दा समावेशी टिम देखिएको छ । महिला, दलित, जनजाती सहित सबै वर्ग र समुदायलाई समेटिएको टिम छ । पहिलो कुरा त यहिबाट नै म प्रभावित बनेको हुँ । अर्को कुरा, कृष्ण लामिछाने आफैंमा डायनामिक पर्सनालिटी हुनुहुन्छ । अमेरिकाको इतिहासलाई हेर्ने हो भने सबैभन्दा बढी टेक्सस राज्यमा नेपालीहरु रहेका छन् । टेक्ससलाई नेपालीहरुको कर्मथलो बनाउने देखी लिएर सहयोग गर्न उहाँको सधै नै महत्वपूर्ण भूमिका रहेको छ । नेपालबाट भर्खर अमेरिका पुगेका नेपालीहरुलाई कसरी स्थापीत गराउने, उनीहरुलाई गर्नु पर्ने सहयोगका लागि उहाँ सधै नै लागि पर्नु हुन्छ । एनआरएनएमा हुँदा या नहुँदा पनि उहाँको यस प्रकारको कार्य निकै नै सह्रानीय रहेको छ । उहाँ जत्तिको मानिस चै एनआरएनए अमेरिकाको अध्यक्षको रुपमा आउनु पर्छ र अझै धेरै कार्यहरु गर्नु पर्छ भन्ने लागेको छ । एनआरएनएमा चुनौती नै चुनौती रहेको छ । त्यो चुनौतीलाई सामना गर्न सक्ने खुबी कृष्ण लामिछानेमा रहेको हुनाले मैले लामिछाने टिमलाई समर्थन गरेको हुँ ।

चुनाव नजिकिदो छ, जनसम्पर्क समिति अमेरिकामा आबद्ध हुनु भएको नेपाली समुदायलाई तपाई के अपिल गर्न चाहानु हुन्छ ?

जनसम्पर्क समिति भनेको नेपाली काँग्रेसको एउटा भातृ संस्था हो । लोकतन्त्रमाथि विश्वास गर्ने, प्रजातान्त्रिक अभ्यासमाथि विश्वास गर्ने हामी एउटा पार्टीको मान्छे हौं । त्यसकारणले सबैको आ–आफ्नो रोजाई होला । तीन जना प्रमुख दाबेदार रहनु भएको छ । कती व्यक्तिले कत्तिको समर्थन गर्छ भन्ने कुरा महत्वपूर्ण हो । मलाई विश्वास गर्ने साथीहरुलाई चै म कृष्ण लामिछानेको सम्पूर्ण टिमलाई विजय गराउनु हुन हार्दिक अनुरोध गर्दछु ।

यहाँको विचारमा एनसीसी अमेरिकामा अब कस्तो खालको नेतृत्वको आवश्यकता पर्ला ?

हामीले एनआरएन कहाँ छ भनेर खोज्नको लागि नेपाल तथा अमेरिकामा कोरोना, बाढी, पहिरो जस्ता विपत्तीहरु नै पर्खनु परेको अवस्था छ । एनआरएनए भनेको तपाई हामी सबैको साझा संस्था हो । हामीले दैनिक जिवनमा एनआरएनए भएको महशुस गर्न पाउनु पर्यो । जसले गर्दा हामी विदेशमा बस्ने नेपालीहरुको हकहित र अधिकारको कुरा हुन्छ, नेपालसंगको जुन हाम्रो सम्बन्ध छ । त्यो सम्बन्ध अझै विस्तार होस् । हाम्रो हकहितको कुरा अझै सुदृढ बनाउन पहल होस् भन्ने हाम्रो अपेक्षा हुन्छ । अब आउने नेतृत्वले चै त्यो गर्छ की भन्ने मेरो विश्वास हो ।

अन्तिममा तपाईको केही अपिल छ ?

सबैजनाको आ–आफ्नो एजेण्डा रहेको छ । कुनै पनि उम्मेदवार नराम्रो हुनुहुन्न । तर त्यहाँबाट पनि कृष्ण लामिछानेको टिम सर्वोत्कृष्ट हुनुहुन्छ । उहाँहरुले चै बिगार्ने भन्दा पनि मिलाउदै राम्रो संस्कार तथा प्रकियामा अब्बल हुनुहुन्छ । जुन कुरा इतिहासले पनि पुष्टि गरिसकेको छ । टिमभित्र निकै नै काम गर्न सक्ने क्षमताका व्यत्तिmत्वहरु रहनु भएको छ । उहाँहरुले विगतमा गर्नु भएको योगदानलाई हामीले कदर पनि गर्नु पर्छ । उहाँहरुले परिवर्तनको संवाहक बनेर पुष्टि गरिसक्नु भएको छ । उहाँहरुले समस्याको समाधान पनि लिएर आउनु भएको हुनाले यस्तो टिमलाई चै जिताउनु पर्छ भन्ने म आग्रह गर्न चाहान्छु ।

सम्बन्धित र्शिषक