नेपाली महिला उद्यमीको नयाँ स्किनकेयर ब्रान्ड “आई डु मी बिउटी” अमेरिकी बजारमा उपलब्ध

टेक्सस । नेपाली महिला उद्यमीको नयाँ स्किनकेयर ब्रान्ड “आई डु मी बिउटी” अमेरिकी बजारमा उपलब्ध हुन थालेको छ । “क्लीन स्किन, क्लीन प्लानेट“ भन्ने मूल नारा लिएर ग्रिस्मा सिटौलाले उत्पादन सुरु गर्नु भएको हो ।

सुन्दर, मुलयम, चम्किलो र दाग रहित अनुहार बनाउन “आई डु मी बिउटी” निकै प्रभावकारी हुने कम्पनीकी संचालिका ग्रिसमा सिटौला बताउनु हुन्छ । कम्पनी ओहायो, कोलम्बसमा अवस्थित रहेको छ । सौन्दर्य क्षेत्रले प्रयोग गर्ने पदार्थ र “सफा”लेबल लगाएर बेचिने सामग्रीप्रतिको लामो स्व–अध्ययन, अनुसन्धान, रसायन शास्त्री संगको निरन्तर परामर्श पश्चात “आई डु मी बिउटी” उत्पादन भएको हो । साथै वातावरणीय प्रदूषण प्रति आफनो चेतना आत्मासात गर्दै, छालाको नियमित हेरचाह तथा स्याहार गर्नकालागि “आई डु मी बिउटी” ब्रान्ड स्किनकेयर सामग्री बजारमा लिएर आएको कम्पनीकी संचालिका सिटौलाले जानकारी दिनु भयो ।

यूरोपियन युनियनमा १४०० भन्दा बढी पदार्थहरुलाई रोक लगाइएको छ भने अमेरिकामा जम्मा ५० भन्दा कम पदार्थहरुमाथि रोक लगाइएको छ । पछिल्लो समय महिलाहरुमा अर्गानिक प्रोडक्टप्रतिको विश्वसनियता बढ्दै गएको छ । तथापी त्यस्ता प्रोडक्टहरु पनि हानीकारक साबित भइरेका प्रशस्तै उदाहरणहरु रहेका छन् । अर्कोतर्फ सौन्दर्य क्षेत्रबाट मात्रै वार्षिक १ बिलियन्स प्लास्टिक बोतलहरुहरु उत्पादन भई बातावरण प्रदुषित बनाईरहेका हुन्छन् ।

यस कम्पनीले यी सबै कुराहरुलाई मध्यनजर गर्दै सौन्दर्य सामाग्री उत्पादन गरेको छ । ग्रिष्मा भन्नुहुन्छ, “ यो प्रोडक्ट साबुनको स्वरूपमा रहेको छ र यसलाई अनुहारमा फोम मास्कको रूपमा प्रयोग गर्न सकिन्छ । यसले अनुहारमा रहेका साना दाग, डन्डीफोरका दाग हटाएर छालालाई स्वास्थ, चम्किलो, मुलायम र दाग रहित बनाउँछ ।”

उहाँको भनाई अनुसार, प्रोडक्टमा प्राकृतिक तथा बातावरण मैत्री सामग्रीहरूको प्रयोग गरिएको छ । यूरोपियन युनियनको सफा स्ट्यान्डर्ड अनुसार प्रोडक्ट उत्पादन गरिएको छ । प्रोडक्टमा प्लाष्टिकजन्य कुनै पनि कच्चापदार्थको प्रयोग गरिएको छैन । हाल प्रोडक्ट अमेरिका बजारमा सुलभ तरिकाले उपलब्ध छ र अन–लाईन www.idomebeauty.com मार्फत सजिलै किन्न सकिन्छ । उहाँले छिट्टै नेपाली बजार अनि बिदेशी बजारमा उपलब्ध गराउन प्रयासरत रहनु भएको छ ।

“आई डु मी“ प्रोडक्ट सम्बन्धी जानकारी “आई डु मी“ को फेसबुक पेजमा अनि वेब साइटमा उपलब्ध छ । नयाँ पिढीको नयाँ सोच बोकेर बातावरण मैत्री व्यवसायमा पाइला टेक्नु भएकी श्री ग्रिसमा सिटौलालाई व्यवसायिक सफलताको धेरै धेरै शुभकामना ।